२६ कार्तिक २०८३, बिहिबार

देउवा र प्रचण्डबीच नयाँ समझदारी, माओवादीले ओली सरकार छाड्नसक्ने!

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-sherbahadur

काठमाडौ, २७ असार । राष्ट्रिय सरकारको कसरतमा लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच नयाँ समझदारी भएको छ ।

सोमबार काग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा देउवा र प्रचण्डबीच माओवादीले वर्तमान सरकारको समर्थन फिर्ता लिएलगत्तै नयाँ सरकार गठनमा कांग्रेसले समर्थन गर्ने समझदारी भएको हो ।

राष्ट्रिय सरकारको नेतृत्व लिन कस्सिएका माओवादी अध्यक्ष प्रचण्ड देउवालाई भेट्न सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेका थिए । भेटमा प्रचण्डले राष्ट्रिय सरकारको कुरा उठाएका थिए । तर, देउवाले राष्ट्रिय सरकारका लागि माओवादीलाई समर्थन गर्न नसक्ने बताएका थिए । वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको अवस्थामा भने कांग्रेसले समर्थन गर्ने स्पष्ट धारणा उनले राखेका थिए ।

स्रोतका अनुसार देउवाले प्रचण्डलाई तपाई सरकारलाई दिएको समर्थन फिर्ता लिएर आउनुस, अबको प्रधानमन्त्री तपाई नै हो, आवश्यक परे लेखेर दिन तयार छु भनेका थिए ।

देउवाले नयाँ सरकार गठनमा सघाउने प्रतिबद्धता जनाएपछि प्रचण्डले यस विषयमा आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तिम र फाईनल कुराकानी गर्ने भएका छन् । ‘म आजै ओलीजीसँग फाइनल कुरा गर्छु । त्यसपछि हामी औपचारिक रुपमै समर्थन फिर्ता लिएको बक्तब्य जारी गर्छाै,’ देउवालाई प्रचण्डले भनेको स्रोतले बतायो ।

यता माओवादी प्रवक्ता पम्फा भुसालले पनि राष्ट्रिय सहमतिको सरकारका लागि अध्यक्ष प्रचण्डबाट कांग्रेस, एमाले, मधेसवादी दल लगायत सबै पक्षसँग संवाद भैरहेको जानकारी दिइन् ।

भेटमा प्रचण्डसँगै कृष्णबहादुर महरा र वर्षामान पुन र देउवासँग विमलेन्द्र निधी र रमेश लेखक सहभागी थिए ।