२६ कार्तिक २०८३, बिहिबार

अमेरिकामा नेतृत्व विकास कार्यक्रमका लागि १० जना नेपाली महिला जाँदै

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Usa-Flag

पोखरा, २७ असार । महिला सशक्तिकरण नेपालको पहल एवम् विमेन विङको आयोजना तथा संयुक्त राज्य अमेरिका सरकारको सहयोगमा थ्री सिस्टर एड्भेन्चर ट्रेकिङका १० जना नेपाली महिला संयुक्त राज्य अमेरिकाको सन्फ्रान्सिकोमा नेतृत्व विकास कार्यक्रममा सहभागी हुनेभएका छन् ।

विमेन विङ संस्थाको संयोजनमा महिला सशक्तीकरण नेपाल र अमेरिकी संस्था सोसेर विथआउट बोडर्सबीच आदानप्रदान कार्यक्रम सञ्चालन हुँदै आएकामा सोसेर विथआउट बोडर्सको आमन्त्रणमा नेपाली टोली अमेरिका जान लागेको हो ।

महिला सशक्तीकरण नेपालका संस्थापक अध्यक्ष लक्की क्षेत्रीका अनुसार आदानप्रदान कार्यक्रमअन्तर्गत महिला सशक्तीकरण नेपालको आमन्त्रणमा सोसेर विथआउट बोडर्सका १० जना प्रतिनिधिले नेपाल आएर महिला सशक्तीकरणबारे जानकारी लिनुका साथै एकअर्का संस्थाका गतिविधिबारे अन्तक्र्रिया गरी फर्किसकेका छन् ।

कार्यक्रममा देशका विभिन्न जिल्लाका ट्रेकिङ गाइडका रुपमा कार्यरत महिला सहभागी हुन लागेको महिला सशक्तीकरण नेपालका संस्थापक अध्यक्ष लक्की क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रममा सहभागी हुने महिलामा निर्मा राई, शान्ति राई, दुर्गालक्ष्मी रावल, भगवती पुन, दानु गुरुङ, टुलदेवी पुन, विजया कार्की, राधिका शाक्य, ईन्द्रकला राई र लक्ष्मी भारती हुनुहुन्छ । रासस