काठमाडौं, २७ असार । संघीय गठबन्धनको रिले अनशन आज ३५औँ दिनमा पुग्दा पनि सरकारले माग सुनुवाइ नगरेको भन्दै नेताहरूले आक्रोश व्यक्त गरेका छन् ।
सोमबारको रिले अनशनमा बसेका राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले सरकारले गठबन्धनले अघि सारेको मागका विषयमा ध्यान नदिएको भन्दै आन्दोलनलाई जारी राख्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
‘हामी सधै वार्ताबाट समाधान होस् भन्ने चाहन्छौँ’, प्रवक्ता झाले भन्नुभयो, ‘तर सरकारले वार्ता र सम्वादलाई कुनै चासो नै दिएन ।’
सोमबारको रिले अनशनको नेतृत्व शेर्पा स्वायत्त प्रदेश संयुक्त आन्दोलन परिचालन समितिका संयोजक लाक्पा शेर्पाले गरेका छन् ।
अनशनमा केशव झा, गजाधर यादव, लोकसागर तावा, रणबहादुर भण्डारी, प्रमिल थारु, विनोद ठाकुरलगायतका दुई दर्जन बढी नेताहरू बसेका छन् ।












प्रतिक्रिया