२६ कार्तिक २०८३, बिहिबार

खाना खाएर सुतेका नेपालीको कतारमा मृत्यु

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

coffins-kathmandu-airportराजविराज, २७ असार । रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ ।

मृृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेको पीडितका परिवारले आज बताएका छन् ।

चौधरी शनिबार राति खाना खाएर सुतेको र आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए ।

कतारको मदिनामा बिलडिङ बर्कका रुपमा कार्यरत चौधरी गत जेठमा रोजगारीको लागि कतार गएका थिए ।

मृतकको शवलाई नेपाल ल्याइदिनका लागि उनका परिवारजनले सरकारलाई आग्रह गरेका छन् ।

एघार वर्षदेखि फरार अभियुक्त पक्राउ

नकावजनी चौरी मुद्दामा ११ वर्ष अगाडि कैद र जरिवाना पाएर फरार एक अभियुक्तलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका–२ बस्ने चान्देव खंग रहेको प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई घरमा लुकेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो ।

पक्राउ परेका खंगलाई जिल्ला अदालत राजविराजले नकावजनी चौरी मुद्दामा २०६२ सालमा तीन महिना कैद र रु दुई हजार ६०० जरिवाना गरेको थियो ।

उनलाई राजविराजस्थित कारगार पठाइएको प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो । रासस