२६ कार्तिक २०८३, बिहिबार

होटलमा युवतीको शव, हत्यामा संलग्न युवकलाई खोजिँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayanghatचितवन, २७ असार । नारायणगढको कलश होटलमा आइतबार राति एक युवती मृत अवस्थामा भेटिएकी छिन् ।

वडा प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार, भरतपुर उपमहानगरपालिका–१६ मंगलपुरकी २७ वर्षीया रीता भुजेल मृत भेटिएकी हुन् ।

प्रहरीलाई खबर भएपछि राति १० बजे घटनास्थल पुग्दा युवती सिरकले छोपेको अवस्थामा मृत भेटिएकी थिइन् ।

होटलमा सँगै एक युवक समेत रहेको र उनको हुलिया पहिचान भइसकेको प्रहरीले जनाएको छ । युवतीको हत्या गरी युवक फरार भएको अनुमान प्रहरीले गरेको छ ।