काठमाडौं, २६ असार । चिकित्सा क्षेत्रको सुधारका लागि आठौं पटक अनसन बस्न लागेका डा. गोविन्द केसीले प्रधानमन्त्रीसँग वार्ता गर्न एक टोलीलाई बालुवाटार पठाएका छन् ।
प्रधानमन्त्रीले वार्ताका लागि बोलाएपछि डा केसी आफू नगई आफ्नो चार सदस्यीय टोलीलाई बालुवाटार पठाएका हुन् ।
केसीले पठाएको टोलीमा जीवन क्षेत्री, सुमन आचार्य, लिजन महर्जन, बद्री अर्याल र स्नेहवन्धु रेग्मी रहेका छन् ।
सरकारको तर्फबाट शिक्षामन्त्री गिरीराजमणि पोखरेल र स्वास्थ्यमन्त्री रामजनम चौधरी वार्ताका सहभागी हुँदैछन् ।
डा केसी आज अपराह्न चार बजेपछि अनसनमा बस्दैछन् ।













प्रतिक्रिया