काठमाडौं, २६ असार । तत्कालीन एमाओवादी परित्याग गरी नयाँ शक्ति नेपाल अभियान सुरु गरेका नेता बाबुराम भट्टराईले निर्वाचन आयोगमा पार्टी दर्ता गराएका छन् ।
प्रवक्ता खिमलाल देबकोटाका अनुसार नयाँ शक्ति नेपालले आइतबार निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएको हो । दल दर्ता गर्न बाबुराम दलबलसहित निर्वाचन आयोग पुगेका थिए ।
नयाँ शक्तिले यसअघि झण्डामा प्रयोग गरेको एउटा तारालाई आफ्नो चुनाव चिन्ह लागि दाबी गरेको छ । नयाँ शक्तिले दिएको निवेदन अध्ययन गरेर केही दिनभित्र प्रमाणपत्र दिने आयोगले जनाएको छ ।
यसअघि नयाँ शक्ति नेपालले गत जेठ ३० गते दशरथ रंगशालामा एक भव्य कार्यक्रमको आयोजना गरी पार्टी घोषणा गरेको थियो ।















प्रतिक्रिया