
काठमाडौं, २६ असार । भारतको नाकाबन्दी यता नेपाललाई विशेष प्राथमिकता दिँदै सहयोग गरिरहेको चीनलाई नेपाल सरकारले विशेष उपहार दिने भएको छ ।
यसको निर्णय प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको मन्त्रिपरिषद बैठकले गरेको छ ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईका अनुसार आजको मन्त्रिपरिषद बैठकले उत्तरी छिमेकी चीनलाई उपहारस्वरुप दुई जोडी गैंडा दिने निर्णय गरेको हो ।
निर्णयअनुसार सरकारले छिट्टै चीनलाई २ वटा भाले र २ वटा पोथी गैंडा उपहारस्वरुप दिनेछ । यो काम वन मन्त्रालयमार्फत हुनेछ ।
अध्ययन अनुसन्धान र शिक्षा प्रर्बद्धनका लागि सरकारले चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेको प्रवक्ता राईले बताए ।












प्रतिक्रिया