२६ कार्तिक २०८३, बिहिबार

मलेसिया र खाडी मुलुक जाने मजदुरलाई पुग्नेवित्तिकै हातहातमा मोबाइल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepak Bohara Rppकाठमाडौं, २६ असार । श्रम तथा रोजगारमन्त्री दीपक बोहराले खाडीसहितका विभिन्न मुलुकमा रोजगारीमा जाने कामदारलाई काम गर्न गएको मुलुकमा पुग्नेवित्तिकै मोबाइल उलब्ध गराउने गरिएको बताउनुभएको छ ।

संसदको शनिबारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बोहराले नेपाली मजदुरलाई काम गर्नुअघि मोबाइल उपलब्ध गराउने गरिएको बताउनुभयो ।

‘नेपाली कामदारलाई सहज होस् भनेर जानेवित्तिकै मोबाइल उपलब्ध गराउन सहमति गरिएको छ’, उहाँले भन्नुभयो, ‘त्यसको जानकारी सम्बन्धी मुलुकको राजदूतावासमा रेकर्ड राख्ने गरिएको छ ।’

फ्रि भिसा र फ्रि टिकटको प्रावधान फिर्ता लिने सरकारको कुनै योजना नरहेको उहाँले बताउनुभयो । फ्रि भिसा र फ्रि टिकटको प्रावधान विपरित कामदारसँग धेरै रकम लिने म्यानपावर कम्पनीलाई कारबाही गर्ने श्रममन्त्री बोहराले चेतावनी दिनुभयो ।

‘कडा कानुनका लागि विधेयक ल्याउँदैछौँ’, उहाँले भन्नुभाये, ‘मजदुरलाई ठगी भइरहेको छ । म्यानपावर कम्पनीलाई कारबाही गर्नका लागि त्यो विधेयकले दायरामा ल्याउने छ । वैदेशिक रोजगार व्यवसायीहरूलाई कानुनको दायरामा आउने छन् ।’