२६ कार्तिक २०८३, बिहिबार

शिक्षा मन्त्रीले भने, ‘रात्रिभोज र पूर्व सचिवहरूलाई धन्यावाद दिन बाँकी छ’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Girirajmani Pokharelकाठमाडौं, २५ असार । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुलुकभरि झण्डै २४ हजार शिक्षकको दरबन्दी खाली रहेको बताउनुभएको छ ।

संसदको शनिबारको बैठकमा शिक्षा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पोखरेलले मुलुकभरि २३ हजार ९ सय शिक्षकको दरबन्दी रिक्त रहेको बताउनुभयो । रिक्त रहेका दरबन्दीमा अधिकांश अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक धेरै रहेको उहाँले बताउनुभयो ।

रिक्त शिक्षकहरूको नियुक्तिका लागि शिक्षा मन्त्रालयले छिट्टै दरबन्दी पूर्तिमा पहल गर्ने मन्त्री पोखरेलले बताउनुभयो ।

‘हामीले रिक्त दरबन्द पूर्ति गर्ने विषयमा सोँच बनाइरहेका छौँ’, उहाँले भन्नुभयो, ‘धेरै शिक्षक हामीलाई अंग्रेस, गणित र विज्ञान विषयका आवश्यक छ ।’

शिक्षा ऐन संसदले पारित गरेको भएको भन्दै शिक्षामन्त्री पोखरेलले सहमतिका आधारमा शैक्षिक ऐन बनाइएको बताउनुभयो । ‘शिक्षामा सिण्डिकेट भयो भन्नु उचित छैन’, उहाँले भन्नुभयो, ‘संसदमा जति सहमति भयो त्यही आधारमा शिक्षा ऐन बनाइएको हो ।’

शिक्षामन्त्री पोखरेलले शिक्षा ऐन बनाउन सहयोग पुगाउने व्यक्तिहरूको स्वागतका लागि रात्रि भोज दिएको भन्दै अझै पनि धन्यावाद र भोज दिन बाँकी रहेको बताउनुभयो ।

‘धेरै व्यक्ति यो शिक्षा ऐन बनाउन लागेका थिए । उनीहरूलाई धन्यावाद दिन । पूर्व सचिव, कर्मचारी, पत्रकार र अन्य व्यक्तिलाई रात्रिकालीन भोज गरिएको हो । धन्यावाद दिने क्रम सकिएको छैन ।’ उहाँले अहिलेको शिक्षा ऐनले सहकारीमा लगेर सिण्डिकेट नगरिएको भन्दै बचाउ गर्नुभयो ।

शिक्षा ऐनले शिक्षा क्षेत्रमा सिण्डिकेट गरेको आरोप लागि रहेका बेला शिक्षामन्त्री पोखरेले त्यसको कडा बचाउ गर्नुभएको छ ।