२६ कार्तिक २०८३, बिहिबार

दलबीच बन्ने सहमति सत्तामा जानका लागि मात्र बन्न हुँदैन – काँग्रेस नेता सिंह

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakashman-sing

काठमाडौँ, २५ असार । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब दलकाबीचमा बन्ने सहमति केबल सत्तामा जानका लागिमात्र हुन नहुने बताउनुभएको छ ।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले १० नम्बर वडामा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिंहले मुलुकसामु अहिले संविधान पूर्ण कार्यान्वयन गर्नुपर्ने चुनौती रहेकाले अब संविधान कार्यान्वयनसहितको सहमति हुनुपर्ने विचार राख्नुभयो ।

उहाँले पार्टीको १३औँ महाधिवेशन सकिएको लामो समय बित्दापनि विधानअनुसार पार्टी सभापतिले पदाधिकारी चयनलगायतका काम गर्न नसक्नु दुःखद भएको बताउनुभयो ।

पार्टी विधि विधान अनुसार चलेन भन्नेले जिम्मेवारीमा पुगेपछि पार्टी चलाउन कतिको ग्राहो हुन्छ भने बल्ल महसुस गरेको सिंहले उल्लेख गर्नुभयो ।