२९ आश्विन २०८३, बिहिबार

सीमा नाकामा लापरबाही, इबोलाको भित्रिने खतरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ebola

काँकडभिट्टा (झापा), ३१ साउन । दैनिक सयभन्दा बढी विदेशी पर्यटक भित्रिने पूर्वी नाका काँकडभिट्टामा इबोला भाइरसको संक्रमण रोक्ने कुनै सतर्कता अपनाइएको छैन ।

भारतीय स्थलमार्ग हुँदै यो नाकाबाट विभिन्न विदेशी मुलुकका पर्यटक भित्रिने गर्छन् । सरकारले विश्व स्वास्थ्य सङ्गठनको घोषणाअनुरुप मुख्य नाकाहरुमा क्वारेन्टाइन हेल्पडेस्क राख्ने भनिए पनि हालसम्म यहाँ कुनै तयारी देखिएको छैन ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहताले रोकथामबारे आधिकारिक जानकारी केन्द्रबाट नआएको बताउनुभयो । विभागीय निर्देशन आएमा आवश्यक तयारी गरिने उहाँको भनाइ छ ।

काँकडभिट्टा नाका हुँदै अमेरिका, युरोप र कतिपय एसियाली मुलुकका पर्यटक धेरै सङ्ख्यामा भित्रिने गरेको यहाँस्थित अध्यागमन कार्यालयले जनाएको छ ।

यसै साता एक अफ्रिकी मुलुकका नागरिक काँकडभिट्टा नाका भएर इबोलाको जाँच नगरी नेपाल प्रवेश गरेका छन् । अध्यागमन कार्यालयले ती अफ्रिकी नागरिकको राहदानीमात्र जाँच गरिएको जनाएको छ ।