काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने व्यवस्थापिका संसदको बैठकमा जवाफ दिने भएका छन् ।
बैठक दिउँसो १ बजे बस्दै छ ।
संसद सचिवालयका अनुसार प्रधामन्त्री ओलीले राष्ट्रपति र उपराष्ट्रपति, प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग अन्तर्गत विनियोजित बजेटमाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिनेछन् ।
बैठकमा विनियोजन विधेयक माथि उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिनेक्रम सकिएसँगै आजै विनियोजन विधेयक पारित हुने कार्यतालिका पनि रहेको छ ।













प्रतिक्रिया