कम्युनिष्ट पार्टीको नियम नै कडा हुन्छ । अनुशासनलाई विशेष ध्यान देखिन्छ, कम्युनिष्ट पार्टीमा । चीनमा पार्टी अनुशासनविपरीत महिलाको तिघ्रा छुँदा चीनको सांघाईमा चिनियाँ कम्युनिष्ट पार्टीका एक नेतालाई पार्टीवाट बर्खास्त गरिएको छ ।
सार्वजनिक गाडीमा सवार नेताले आफ्नो सिट नजिकै उभिरहेकी महिलाको तिघ्रामा अनुचित तरिकाले हात लगाई रहेको भिडियो सार्वजनिक भएपछि उनलाई पार्टीवाटै बर्खास्त गरिएको हो ।
आफ्नो तिघ्रामा कस्ले छोएको हो चिन्न नसकेकी ३८ वर्षीय वाङ क्वीकाङले प्रहरीमा उजुरी गरेकी थिईन् । त्यसलगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । तर ठीक त्यसको विपरित दिशामा बसेका यात्रुले यसको भिडियो खिचेका थिए । चिनियाँ मिडियाका अनुसार वाङले उक्त घटना आफू निदाएको बेला घटेको बताए पनि भिडियोमा प्रष्ट रुपमा उनको आँखा खुला रहेका देख्न सकिन्छ । भिडियो खिच्ने यात्रुहरुले दूव्र्यवहारमा परेकी महिलासँग कुराकानी गरेर उक्त भीडियो वेइवो डटकममा अपलोड गरेपछि मात्र यो मामिला सार्वजनिक भएको थियो ।
हेर्नुस भिडियो:
https://www.youtube.com/watch?v=xp7RKuWFY8g













प्रतिक्रिया