बेल्जियम । सांग्रिला समाज बेल्जियमको आयोजनामा पर्वत जिल्लाको नाङ्लीबाङमा अवस्थित बिध्यालयको पुनर्निर्माण सहयोग गर्ने उद्धेश्य सहित गत आइतबारको दिन लुभेनमा च्यारीटी लोकदोहोरी कार्यक्रम सम्पन्न भएको छ ।
नेपालका ख्यातिप्राप्त लोकदोहोरी गायिका देवी घर्तीमगर र गायक यम क्षेत्री मुख्य आकर्षक रहेको कार्यक्रममा नेपाली राजदूताबास बेल्जियमका कार्यबाहक राजदूत घनश्याम भण्डारीको प्रमुख आतिथ्यता रहेका थिए ।
सांग्रिला समाज बेल्जियमका अध्यक्ष खड्क केसीको अध्यक्षतामा भएको पहिलो चरणको औपचारिक कार्यक्रमा सभापतिको आसनबाट बोल्दै केसीले प्रवासमा नेपाली भाषा, साहित्य, कला तथा लोक संस्कृतिको संरक्षणको लागि सांग्रिला समाज बेल्जियमले कार्यक्रम गर्दै आएको बताए ।
प्रमुख अतिथि भण्डारीले संसारको जुन कुनै कुनामा रहे पनि आफ्नो भाषा संस्कृति प्यारो लाग्नुका साथै सांग्रिला समाजले नेपाल र नेपालीपन झल्कने भाषा साहित्य जस्ता कार्यक्रम गर्दै आएको आफूले पाएकोमा राजदूताबासको तर्फबाट आयोजकको प्रशंसा गरेका थिए ।
















प्रतिक्रिया