१ कार्तिक २०८३, आइतबार

श्रममन्त्रीसहित उच्च सरकारी अधिकारी कतार आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

logo  qatar– तोयानाथ उपेक्षित

कतार । गैरआवासिय संघ मध्यपूर्वको क्षेत्रीय सम्मेलनमा भाग लिन श्रममन्त्री दीपक बोहरासहित उच्च अधिकारीहरु एक जम्बो टोली कतार आउँदैछ ।

यसरी कतार आउनेहरुमा अध्यागमन विभागका महानिर्देशक केदार न्यैपाने, बैदेशिक पर्वधन बोर्डका प्रमुख, नेपाल कर्मचारी संचय कोषका पदाधिकारी, सीविआई का डिआईजी लगायत हुनेछन ।

संसारभरिबाट एनआरएनका पदाधिकारी सहभागी हुने विशेष र ऐतिहासिक सम्मेलनले प्रसस्तै नेपाली श्रमिकहरु काम गर्ने मध्यपूर्व र त्यसमध्ये पनि मुख्य थलो कतारमा भेला भएर उनीहरुका मुद्धाहरुलाई नजिकबाट अध्यान गर्न मध्यपूर्व संयोजक डीबी क्षत्रीले बताएका छन् ।

एनआरएनका संस्थापक लगायत अध्यक्ष शेष घलेको नेतृत्वका मानिसहरुको विशाल भेलाले नेपालमा गर्न सकिने लगानी, भित्र्याउन सकिने पर्यटन, र मध्यपूर्वमा नेपाली उत्पादनको त्यसको बजारको सम्भाव्यताको खोजी समेत छलफलका विषय बन्नेछन ।

यसैगरी मध्यपूर्वमा रहेका नेपाली कुटनैतिक नियोग र तिनको काम कारबाही तथा मजदुर मैत्रि रहे नरहेको समेत रिर्पोटिङ हुनेछ ।

आगामी जुलाई २१ र २२ मा पाँचौ मध्यपूर्वको भेलाले “पूर्ण सामाजिक सुरक्षा सहितको सम्मानित रोजगार, समुन्नत राष्ट्र निर्माणको आधार” नारा तय गरेको छ । उक्त सम्मेलनमा भाग लिन चाहाने खाडीका एनआरएनहरुका लागि अनलाईन आवेदन खुलिसकेको छ । आगामी जुलाई को १५ सम्म कतार जानेहरुले आवेदन गर्न सक्नेछन ।

आयोजक समितिले श्रममन्त्रीको साथमा पर्वर्द्धन बोर्डका प्रमुख, अध्यागमन प्रमुख र प्रदाधिकारी बोलाउनुले खाडिमा नेपाली कामदारले भोग्नु परेका समस्याको साथमा ठगी र तस्करीका बारेमा पनि लामो बहसहुने बुझिएको छ ।