१ कार्तिक २०८३, आइतबार

ईदउल फित्रको उपलक्ष्यमा कतारमा विशेष कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

13631501_558366014363754_79789884852659994_n– ध्रुब क्षेत्री

कतार । नेपालमा पार्टी घोषणा भए लगत्तै नयाँ शक्ति नेपालको भातृ संगठन अन्तर्रास्ट्रिय नेपाली समाज कतारले नयाँ शक्ति पार्टी नेपालको स्थापना तथा मुस्लिमहरुको महान चाड ईदुल फित्र ईदको उपलक्ष्यमा राखेको शुभकामना तथा भाइचारा मिलन कार्यक्रम कतारको दोहामा भव्यताका साथ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्न नयाँ शक्ति नेपालका बरिष्ठ नेता, संगठन बिभाग प्रमुख देवेन्द्र पौडेल, अन्तरिम केन्द्रीय परिषद सदस्य तथा विदेश विभाग सदस्य इन्द्रराज भट्टराई र महिला तथा मुस्लिम नेतृ नसिमा खान कतार आउनु भएको थियो ।

भेलामा विशेष अतिथिको रुपमा नेपाली दूतावासका महामहिम कार्यबाहक राजदूत मणिरत्न शर्मा, गैर आवासीय नेपाली समाजका अध्यक्ष बिनेस तमाङ, समाजसेवी, बिभिन्न संघ तथा जिल्ला संस्था, बुद्धिजीवी तथा कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा माओवादीलगायतका बैचारिक तथा संस्थाका प्रतिनिधिहरुले उक्त कार्यक्रमलाई बधाई दिँदै देशमा बर्तमान समयको आवस्यक्ता भनेकै आर्थिक विकास रहेको भन्दै समृद्धि नेपाल निर्माणका लागि आर्थिक विकास आबस्यक रहेको बताए ।