काठमाडौं, २३ असार । प्रमुख तीन दलबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको छ ।
बेलुका ७ बजे बसेको बैठक करिब सवा घण्टा चलेको थियो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी थिए ।
बालुवाटारबाट बाहिरिने क्रममा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बैठकमा सामान्य छलफल भएको बताए । के छलफल भयो भन्ने बारेमा उनले केही बताएनन् ।
नेकपा माओवादीकी प्रवक्ता पम्फा भुसालका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले आज माओवादी केन्द्रको पोलिटब्यूरो बैठकले गरेको निर्णय जानकारी गराएका थिए ।













प्रतिक्रिया