बर्लिन, २३ असार । जर्मन चान्सलर एन्जिला मार्केलले रसियाका कारण नेटो सेनाप्रतिको विश्वास गुम्न पुगेको आरोप लगाउनुभएको छ ।
उहाँले रसियाले पछिल्लो समयमा युक्रेनमा गरेको कामका कारण नेटो सेनाले विश्वास गुमाउनुपरेको धारणा राख्नुभएको समाचारमा जनाइएको छ ।
उहाँले भन्नुभएको छ– रसियाले पछिल्लो समयमा युक्रेनमा जुन आफ्नो शक्ति प्रदर्शन गर्यो यसका कारणले पश्चिमा राष्ट्रहरुसँगको विश्वासमा नै कमी आउन पुगेको छ ।
उहाँले पश्चिमा राष्ट्रहरुप्रतिले नेटोप्रतिको विश्वास गुमाउनु पर्नाको मुख्य कारण रसिया रहेको पनि बताउनुभएको समाचारमा जनाइएको ।
उहाँले जर्मन संसदमा बिहीबार गर्नुभएको सम्बोधनका क्रममा सो धारणा राख्नुभएको जर्मनीबाट प्राप्त समाचारमा जनाइएको छ ।
भनाई र गराइमा भिन्नता हुनपुग्दा यसले आगामी कार्यहरुमा पनि कममात्र विश्वास दिन सक्छ भन्दै उहाँले भने बमोजिमको काम नहुँदा यसले कानुनको पनि उल्लङ्घन गर्न पुग्दछ– उहाँको भनाई थियो ।
युक्रेनको क्रिमिया भूभागलाई आफ्नो देशमा गाभ्ने काममा रसियाले दोहोरो भूमिका खेलेको आरोप पश्चिमा देशहरुको छ ।
तर रसियाले भने सोही देशका नागरिकको इच्छाबमोजिम नै सबै काम भएको भनेको छ । त्यस्तै अहिले पछिल्लो समयमा पनि युक्रेनको पूर्वी भूभागमा विद्रोह सुरु भएको छ ।
यहाँ पनि रसियाले नै सहयोग गरिरहेको पश्चिमा देश तथा युक्रेनले नै बताउँदै आएको छ । तर यसको पनि रसियाले खण्डन गर्ने गरेको छ । रासस-एएफपी
















प्रतिक्रिया