२९ आश्विन २०८३, बिहिबार

पारसले पाए एक महिनाको मात्रै भिसा, थाइल्याण्ड बसाईं अनिश्चित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parash-shah

काठमाडौं, ३१ साउन । बैंककमा रहेका पूर्वयुवराज पारस शाहको भिसा एक महिनाका लागि मात्रै थपिएको छ ।

अदालतको फैसला नआएका कारण तत्काल थाइल्याण्डमा बस्ने गरी पारसको एक महिना भिसाको म्याद थपिएको हो ।

थाइल्याण्डको अध्यागमन विभागले शुक्रबार एक महिनाको भिसा थप गरेको जनाएको छ ।

१० दिनअघि भिसाको म्याद सकिएपछि दैनिक ५ सय भाट जरिवाना तिरेर थाइल्याण्ड बस्दै आएका पारसको स्टुडेन्ट भिसामै एक महिना म्याद थप गरिएको हो ।

एक साताअघि नै प्रवेशाज्ञाको म्याद थप्नुपर्ने भए पनि अदालतको पत्रका कारण रोकिएको थियो । बिहीबार अदालतले एक महिनाका लागि म्याद थप गर्न आग्रह गर्दै थाई अध्यागमन विभागलाई पत्राचार गरेको थियो ।

अदालतको पत्रको आधारमा शुक्रबार एक महिनाका लागि स्टुडेन्ट भिसा थप गरिएको हो । ‘थाइल्याण्डस्थित एक नेपालीले दिएको जानकारीअनुसार मुद्दा किनारा नलागेसम्म भिसा दिन नमिल्ने भएकाले एकएक महिना गरी तीन पटकसम्म भिसा लिने तयारी गरिएको छ,’ आजको समाचारपत्र दैनिकमा समाचार छ ।