३० आश्विन २०८३, शुक्रबार

प्रतिनिधिसभा २३५ सदस्यीय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICCकाठमाडौं, ३१ साउन । नयाँ संविधान जारी गरेपछि गठन हुने प्रतिनिधिसभा दुई सय ३५ सदस्यीय बनाउन दलहरू सहमत भएका छन्।

अहिलेको ६ सय १ सदस्यीय संविधानसभा व्यवस्थापिका संसद् को सर्वत्र आलोचना भएपछि नयाँ संविधानमा प्रतिनिधिसभा दुई सय ३५ सदस्यीय बनाउने व्यवस्था गर्न दलहरू सहमत भएका हुन्।

प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी तीन सयभन्दा बढीको व्यवस्थापिका संसद् नबनाउन दलहरू सहमत भएका छन्।

संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको उपसमितिले शुक्रबार नयाँ प्रतिनिधिसभाको संख्या टुंग्याएको हो। ‘नयाँ संविधानमा प्रतिनिधिसभा दुई सय ३५ सदस्यीय बनाउने व्यवस्था गर्न सहमति गरेका छौु’, उपसमितिका संयोजक लक्ष्मणलाल कर्णले भने।

एमाओवादी नेता बाबुराम भट्टराई सभापति रहेको समितिले यसअघि नै दुई सदनात्मक व्यवस्थापिका बनाउने तथा माथिल्लो सदनको नाम राष्ट्रियसभा र तल्लो सदनको नाम प्रतिनिधिसभा राख्ने निर्णय गरिसकेको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संख्या र निर्वाचन प्रणालीबारे टुंगो लगाउने जिम्मा भने कर्ण संयोजकत्वको उपसमितिलाई दिइएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

‘प्रतिनिधिसभाको निर्वाचन प्रणाली मिश्रित प्रणालीबाट हुने, प्रत्यक्ष र समानुपातिकबाट ५०–५० प्रतिशत निर्वाचन गर्नेमा पनि सहमति जुटायौ’, कर्णले भने। अघिल्लो संविधानसभाको व्यवस्थापकीय अंगको स्वरूप निर्धारण समितिमा भने प्रतिनिधिसभा एक सय ५१ सदस्यीय बनाउन तथा निर्वाचन प्रणाली मिश्रित प्रणाली हुने सहमति भएको थियो।