१ कार्तिक २०८३, आइतबार

असी लाखमा बनेको ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’लाई ‘झुर’ भन्ने अधिकार कसले दियो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dainik 2काठमाडौं । ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ फिल्मका निर्देशक एवम् निर्माता ऋषिराज आचार्यले आफ्नो फिल्मका विषयमा दैनिक नेपाल डटकममा आएको समाचारको खण्डन गरेका छन् ।

‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ फिल्मको समाचार दैनिक नेपाल डटकममा असार १३ गते प्रकाशित भएपछि समाचारप्रति चित्त नबुझेर निर्देशक एवम् निर्माता आचार्यले प्रेस काउन्सिलमा उजुरी समेत दिएका छन् । काउन्सिलमार्फत प्राप्त आचार्यको खण्डनमा पत्रकारिताको आचार संहिता नाघेर ‘सन्तलीलाई भगाइ लग्यो झिल्केले’ फिल्मलाई ‘झुर’ शब्द प्रयोग भएकोमा आपत्ति जनाइएको छ ।

‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ गीत राम्रो (पुरानो समाचारको लिङ्क)

‘असार १३ गते तपाईको अनलाइनबाट सर्वसाधारण पाठकलाई भ्रममा पार्ने टाइपको समाचार प्रकाशन गर्नुभएकोमा मेरो गमभीर आपत्ति छ’, आचार्यले दाबी गरेका छन्, ‘गर्भमा भएको जन्मदै नजन्मेको मेरो मूभी ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’लाई ‘झुर’ भन्नुभएको छ । जुन फिल्म रिलिज भएको छैन ।’

‘तपाईले के ‘इगो’को कारण पत्रकारिताको आचार संहिता नाघेर सार्वजनिक नगरिएको र तपाइले नहेरेको फिल्मलाई ‘झुर’ भन्ने अधिकार कसरी भयो ?’ निर्देशक आचार्यले खण्डनमा भनेका छन्, ‘नेपाली फिल्ममा अहिलेसम्म नउठेको विषयमा फिल्म बनाएको छु भनेको छु । जुन कुरा सत्य हो । सबै कलाकार नयाँ होइनन् ।’

फिल्मको समाचारमा राखिएका केही शब्द प्रकाशित भएको केही समयपछि नै हटाइएको थियो । ‘भलै आज बिहान झुर शब्द हटाउनुभएको छ’, खण्डनमा निर्देशक आचार्यले भनेका छन्, ‘तर फिल्ममा मेरो ८० लाख लगानीमा बनेको फिलमलाई असर गर्न सक्ने भ्रामक कुरा अझै छन् ।’

‘म यो फिल्डमा काम गर्न लागेको १५ वर्ष भयो । मास्टर डिग्री गरेर यो लाइनमा काम गरिरहेको एउटा क्रिएटिभ डाइरेक्टर र ८० लाख इन्भेष्ट गरेर राम्रो विष्यामा मूभी बनाएको प्रोड्युसरलाई तपाईको अनलाइनबाट लेखेको समाचारले तनाब बनाएको छ’, उनले भनेका छन् ।

निर्देशक एवम निर्माता आचार्यले ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ फिल्म असी लाखमा निर्माण गरेको खण्डनमा दाबी गरे पनि त्यसको प्रमाण भने दिएका छैनन् । उनले असी लाखको कर राज्यको कुन निकायमा बुझाएका हुन् उल्लेख छैन ।