१ कार्तिक २०८३, आइतबार

चीनमा बाढीमा परी १०० भन्दा बढी बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-badi

बेइजिङ, २१ असार । चीनको राजधानी बेइजिङ नजिकैको याङ्चे नदीमा आएको बाढीका कारण ११२ व्यक्ति हराइरहेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

ती हराइरहेका व्यक्तिहरुको मृत्यु भएको पनि हुनसक्ने अनुमान गरिएको पनि समाचारमा जनाइएको छ ।

भारी बर्षापछि याङ्चे नदीमा आएको बाढीको कारण करिब एक करोड ६० लाख व्यक्ति प्रभावित भएको बताइएको छ ।

चीनको नागरिक मामिला मन्त्रालयले सो जानकारी दिएको छ । उक्त मन्त्रालयका अनुसार केही दिनयतादेखि जारी रहेको भारी वर्षा र त्यसका कारण आएको बाढीमा परी ११२ जना व्यक्ति मारिएका वा हराइरहेका छन् ।

बाढीको प्रकोप अझैपनि नघटेको र थप जनधनको क्षतिको आशङ्का गरिएको मौसम विज्ञानका अधिकारीले जनाएका छन् । रासस÷एएफपी