काठमाडौं । गिरान्चौर एकिकृत बस्ती निर्माणमा खटिएका हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सहयोग जुटाउन कतार जाँदै छन् ।
इदको दोश्रो दिन बस्ती निर्माणको सहयोगार्थ कतारमा हुन गइरहेको सुन्तली धुर्मुस साँझमा सहभागिता जनाएर सहयोग जुटाउन उनीहरु राष्ट्रिय ध्वजाबहाक विमानमार्फत कतार जान लागेका हुन् । धुर्मुसले राष्ट्रिय ध्वजाबहाक विमानमार्फत कतार जाने बताएपछि सोहि अनुसार व्यवस्था गरेको आयोजक सास क्रियशनले जनाएको छ ।

नेपाल वायु सेवा निगमको विमानमार्फत कलाकारहरु धुर्मुस सुन्तली, नायिका तथा चलचित्र निर्मात्री रेखा थापा, हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेल, लोक दोहोरी गायक राजु गुरुङ, लोक दोहोरी गायिका मुना थापामगर, डि आई डि सिजन ५ का फस्र्ट रनर अप निर्मल तामाङ, भोजपुरी नायिका तथा कुशल नृत्यांगना रानी चटर्जी, सिमा सिंह, भोजपुरी नायिका परिनिका शर्मा, कुशल कार्यक्रम संचालक सुशिल नेपाल लगायतका कतार जाँदैछन् । इदको दोश्रो दिन सनैया औधोगिक क्षेत्रको ३७ नम्बर एसियन टाउन स्थित ग्राण्डमलमा साँझ ६ बजेबाट सुन्तली धुर्मुस साँझ सुरु हुनेछ ।
कार्यक्रमबाट उठेको रकम खर्च कटाएर धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरिने आयोजक कल्याण घिमिरेले बताएका छन् । दर्शकहरुले प्रत्यक्ष भेटेर नै गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि सहयोग गर्न सक्ने धुर्मुस सुन्तलीले बताएका छन् ।
















प्रतिक्रिया