काठमाडौं । पछिल्लो समय नेपाली संगीतमा लोकदोहोरी गीत संगीतले सांगीतिक बजारलाई धपक्कै छोपेको छ । त्यसो त कतिपय गीतहरु सुन्न र हेर्न नसकिने खालका पनि छन् भने कतिपय नेपाली समाजको परिवेशलाई समेटेर निकालेका गीतहरु पनि छन् ।
पुराना र चर्चित कलाकारहरुको उत्कृष्ट श्रृजना मात्र बजारमा आएका छैनन् सँगै नयाँ सर्जक र प्रतिभाहरुले पनि उत्कृष्ट कृतिलाई बजारमा ल्याई नेपाली संगीतलाई टेवा पुर्याईरहेका छन् । पोखरामा रहेर लोकदोहोरी संगीत क्षेत्रमा संघर्ष गरिरहेको एक जना नव प्रतिभा गायक शुरेश राना मगरले हालसालै मात्र ‘बैश घुमेर’ बोलको आफ्नो पहिलो डेब्यु गीत बजारमा ल्याएका छन् ।
छोटो समयमा धेरै श्रोताहरुले मन पराईदिएका उक्त गीतलाई सुमन परियारले शब्द र लय दिएका छन् भने सुरेशसंगै उक्त गीतमा नेपाली लोक दोहोरी क्षेत्रकै चर्चित गायिका देवी घत्र्ती मगरले स्वरमा साथ दिएकी छिन् । सुपरहिट म्युजिक क्रियशन प्रालिले गीतलाई बजारमा ल्याएका हो । विक्रम चौहानको निर्देशन रहेको उक्त गीतमा मोडल पार्वति राई र सुमन परियारले नृत्य अभिनय गरेका छन् । मुकेश हुँमागाईको छायाँकन रहेको उक्त गीतमा नबिन घर्ति मगरको सम्पादन रहेको छ । निर्माता सुमित्रा राना र राजु राना लगायत साथीहरुले शुरेशलाई साथ दिएका थिए । आफ्नो डेब्यु गीतको प्रचार प्रसारको क्रममा शुरेश भन्छन् ‘मलाई मेरा दाईहरु आफन्तहरुको सहयोग मा नै नेपाली लोक दोहोरी संगीतमा पहिलो पाइला चाल्ने अवसर प्राप्त भयो र यो गीत निकाल्न सम्भव रह्यो । म सदैब उहाँहरुप्रति आभारी छु ।’
पहिलो गीत भएता पनि छोटो समयमा धेरैले मन पराईदिएको कारण उनलाई अरु गीतहरु पनि चाँडै बजारमा ल्याउने निधो गरिरहेका छन् ।
https://www.youtube.com/watch?v=MI-L9QySEd8
















प्रतिक्रिया