१ कार्तिक २०८३, आइतबार

नेपाली फिल्म ‘गाँठो’ले प्रदर्शन अगाबै सुरक्षित गर्यो लगानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gatho-film

काठमाडौं । अहिले पोष्ट प्रोडक्सनमा रहेको चलचित्र गाँठोले रिलिज अगाबै आफ्नो लगानी सुरक्षित गरेको छ ।

पछिल्लो समय नेपाली फिल्महरु नेपाली बजारको मात्र भर पर्नुपर्ने स्थिती बिस्तारै पातलिदै गएको छ । कमेरो इभेन्टले अष्ट्रेलियाका लागी १५ लाखमा चलचित्र किनेको हो । मौन र होस्टेल रिर्टन्स निर्देशक सुरज भुषालले निर्देशन गरेको चलचित्र भएकाले गाँठोेको लागी उक्त पैसा तिर्न आट गरेको कमेरो इभेन्टका राजिव भुषालले बताए । साथै अष्ट्रेलिया बाटै अगष्ट २७ तारिक का दिन गाँठोले वल्र्ड प्रिमियर गर्दैछ ।

Gatho-film-1

त्यस्तै ३५ लाखमा यस अघि नै हाईलाईटस् नेपाललाई गाँठोको डिजिटल राईट्स बेचिएको छ । भ्याली भित्र वितरणको जिम्मा लिएका गोबिन्द शाही बाट १० लाख एडभान्स लिईसकेको र भ्याली बाहीर बितरक एफडीले मिनिमम २० लाख ग्यारेण्टी गरिसकेको छ । साथै अमेरिका र युकेका लागी ओभसिज राईट्सका लागी कुरा भैराखेको र केही दिनमा लगभग फाईनल हुने बताउदै यि दुई देशबाट आफ्नो लगानी लगभग सुरक्षित हुने निर्देशक सुरज भुषालले बताए ।

Gatho-film-poster

यसअघि मौन र होस्टेल रिर्टन्स निर्देशन गरेका सुरजको मैंन समिक्षकहरुको नजरमा उत्कृष्ट चलचित्र हो भने होस्टेल रिर्टन्स् गत बर्षको ब्यवसायिक रुपमा सफल चलचित्र हो ।

गाँठोमा नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र गाँठो भाद्र ३१ गते देखि देशभर रिलिज हुदैछ ।