पोल्याण्ड । युरोपियन मुलुक पोल्याण्डमा नेकपा (एमाले) को भातृसंगठन प्रवासी नेपाली मञ्च गठन भएको छ ।
एमालेको कृषि तथा भूमिसुधार विभागका सदस्य अग्नी पौडेलको पहलमा पोल्याण्डमा टंक कटवालको अध्यक्षतामा प्रवासी नेपाली मञ्चको १८ सदस्यीय तदर्थ कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षहरुमा यज्ञ प्रसाई (युरोप प्रतिनिधी), ईश्वर देवकोटा, महासचिवमा लक्ष्मी भट्टराई, सचिवमा अक्षय रिजाल, कोषाध्यक्षमा गणेश थापा निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा कर्ण लिम्बु, धागीराम चौधरी,नवराज ढकाल, सुककुमार अधिकारी, अनिल राउत छन । सल्लाहाकार परिषदमा मोहन घिसिङ्ग, सन्तोष श्रेष्ठ, शैलेन्द्र गौचन, विनोद थापा, सुरेन्द्र प्रधान, केशव धिमिरे चयन भएका छन ।
पोल्याण्डको वार्सामा गठन भएको तदर्थ कमिटीले आगामी बैठकमा पोल्याण्डमा रहेका नेपालीहरुको विशेष भेला भब्य रुपमा आयोजना गरी अधिवेशन गर्ने निर्णय गरेको पनि छ ।
















प्रतिक्रिया