मुम्बई । सन् २०१२ मा ‘स्टूडेंट अफ द ईयर’बाट बलिवुडमा प्रवेश गरेकी आलिया भट्टले ‘हाईवे’ र ‘२ स्टेट्स’बाट राम्रो प्रशंसा पाएकी छिन् । उनको फिल्म ‘उड़ता पंजाब’ रिलिज हुँदासम्म सबैले चासोका साथ हेर्ने गरेका छन् ।
आलियाले ‘उडता पञ्जाव’ रिलिज भएसँग आफू हलिउड फिल्ममा अभिनय गर्न चाहेको बताउन थालेकी छिन् ।
इरफान खान, निमरत कौर, प्रियंका चोपड़ा र दीपिका पादुकोण जस्ता कलाकार शशि कपूर, कबीर बेदी, अमिताभ बच्चन, अनुपम खेर, अनिल कपूर र लिलेट दुबे लगायतले विदेशी फिल्ममा आफ्नो छाप बनाइराखेका छन् ।
आलियाले भनेकि छिन्, ‘म सबै प्रकारका फिल्म गर्न चाहन्छु । लन्डन मेरा अर्को गन्तव्य हो । छुट्टीको समय बिताउन जाँदैछु ।’
आलियाले छिटै हलिवुड फिल्म खेल्ने आफ्नो अर्को योजना रहेको समेत उल्लेख गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । फिल्म ‘उड़ता पंजाब’मा आलियाले बिहारी युवतीको भूमिका निभाएकी छिन् । – एजेन्सी















प्रतिक्रिया