काठमाडौं, १९ असार । हिन्दू धर्म, राजतन्त्र र बिकेन्द्रिकरण सहितको एकात्मक राज्य प्रणालीको वकालत गर्दै आएका राजावादी नेता केशरबहादुर बिष्टले एकीकृत राप्रपा अभियानको थालनीको नेतृत्व सुरु गर्नुभएको छ ।
राप्रपा नेपालबाट असन्तुष्ट भएर अलग भएको राप्रपा नेपाल समानान्तरसँग एकता गरी विष्टले अभियानको थालनी गरेको घोषणा गर्नुभएको हो ।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेता बिष्टले जात, भाषा र भूगोलका आधारमा मुलुकलाई बिभाजन गर्न नहुने बताउनुभयो । उहाँले अहिलेको अवस्थामा बिभिन्न नाममा बिभाजन भएका राप्रपाका नेता तथा कार्यकर्तालाई एकै थलोमा ल्याउने पहिलो प्रयास अनुरुप आफूहरूले राप्रपा समानान्तरसँग एकता गरी अन्य पार्टीहरूलाई पनि एकताको अभियानमा लैजान लागेको बताउनुभयो ।
राप्रपा नेपाल र राप्रपाका केही नेताको व्यक्तिगत स्वार्थका कारण अहिले पूर्व राजावादीहरू बिभिन्न नाममा छरिएर रहेकाले यो अभियानले एउटै थलोमा ल्याउन मद्दत गर्ने समेत उहाँले दावी गर्नुभयो ।












प्रतिक्रिया