१ कार्तिक २०८३, आइतबार

दयाहाङ, अनुप र रिचाले कलाकार खोज्दै, प्रतियोगितामा भाग लिन पाइने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Richha Sharmaकाठमाडौं । चर्चित अभिनेता दायाहाङ राई, अभिनेत्री रिचा शर्मा, कलाकार अनुप बरालले अभिनयमा उत्कृष्ट प्रतिभा खोज्ने भएका छन् । नेक्स्ट मोडल्स नेपाल यसै वर्षबाट सुरु गर्न लागेको रियालटी सो ‘नेशनल एक्टिङ कम्पिटिसन २०१६’मा यी कलाकार जजका रुपमा रहनेछन् ।

आयोजक नेक्स्ट मोडल्स नेपालले बिज्ञाप्ति जारी गरेर प्रतियोगिताको यहि असार २२ गते बुधबारबाट छनौट चरणको अडिसन सुरु हुने जानकारी गराएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जुनै स्थानमा रहेका प्रतियोगीले यसमा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

उपत्यका बाहिरको प्रतियोगीलाई, भिडियोमार्फत चयन हुने ब्यवस्था मिलाएको र उपत्यकाभित्र ‘काठमाडौं, ललितपुर र भत्तपुर’का प्रतियोगीले नेक्स्ट मोडल्स नेपालको कार्यलय अनामनगरमा आवेदन दिन सक्ने ब्यबस्था मिलाइएको छ ।

युवा युवतीको अभिनय मोहलाई सम्मान गर्दै अभिनयमा लुकेर रहेको प्रतिभा बाहिर ल्याउने र ती प्रतिभालाई उचित अवसर प्रदान गर्ने उदेश्य कार्यक्रमको रहेको नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् ।

बिभिन्न चरणबाट छानिएका ६० प्रतियोगीलाई मात्र ३५ दिने आधुनिक प्रशिक्षणमा सहभागी गराइनेछ । प्रशिक्षणमा सहभागीमध्यबाट टप ४०, टप २०, टप १० र टप ५ हुँदै उत्कृष्ट एक जना छानिने नेक्स्ट मोडल्स नेपाल अध्यक्ष रवि धमलाले जानकारी दिए ।

नेपाली युवायुवतीको अभिनय कला बाहिर ल्याउने उदेश्य रहेको प्रतियोगितामा अनुप बिक्रम, क्रिम परियार, विनोद पौडेल, महेश त्रिपाठी लगायतको प्रतियोगीलाई प्रशिक्ष रहनेछ । प्रतियोगिताको विजेताले चलचित्र, म्युजिक भिडियो, बिज्ञापन चलचित्र अभिनय अवसरका साथै नगद र बिभिन्न उपहार पनि प्राप्त गर्नेछन् ।