१ कार्तिक २०८३, आइतबार

राष्ट्रिय एकताका विषयलाई प्राथमिकता दिन प्रमको कलाकारसँग आग्रह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-with-actor

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब चलचित्र र गीतसङ्गीत निर्माण गर्दा राष्ट्रिय एकता र विकासका विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ ।

‘फान अवार्ड’का विजेता कलाकारका सम्मानमा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित दिवाभोज कार्यक्रममा उहाँले राजनीतिसँगै कला, साहित्य, अर्थतन्त्र लगायत सबैको घुम्ती र मोड परिवर्तन भयो, अब व्यङ्ग्य कलाकारले असन्तुष्टि मात्र होइन सहमति, सहकार्य र विकासका विषयलाई समेत प्राथमिकतामा राख्नुपर्छ भन्नुभयो ।

प्रधानमन्त्रीले नेपाल चलचित्र कलाकार सङ्घ(फान)द्वारा शनिबार प्रदान गरेको ‘फान अवार्ड’ र तिनका विजेतातिर लक्ष्य गर्दै भन्नुभयो, “यस अवार्डले ९०-९२ वर्षका हरिप्रसाद (रिमाल)देखि २०-२२ वर्षका अनमोल (केसी)बीचको जेनेरेसन ग्यापलाई मिलाइदिएको छ ।” उहाँले देश विकासमा योगदान पुर्याउन कलाकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राई, नायक राजेश हमाल, फानका अध्यक्ष रामकेशर बोगटी लगायत २०० भन्दा बढी कलाकार सहभागी थिए । रासस