१ कार्तिक २०८३, शनिबार

लसएन्जल्समा नेपाली-अमेरिकन कन्भेन्सन शुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-american-convence

लसएन्जलस (अमेरिका) । एफवान ग्रुपको आयोजनामा भएको पहिलो नेप्लिज अमेरिकन कन्भेन्सन शनिबारदेखि हलिउड शहर लसएन्जलसमा शुरु भएको छ ।

सम्मेलनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा, योजना आयोगका सदस्य स्वर्णिम वाग्ले, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल लगायतले बोल्नुभएको थियो । कार्यक्रम कन्भेनर विश्व सुवेदीको सभापतित्वमा भएको थियो ।

उपस्थित सहभागीलाई एनएसी बोर्ड सदस्य राजेन्द्र शिवाकोटीले स्वागत गर्नुभएको थियो ।

sarbendra-khanal

कार्यक्रम संचालन बोर्ड सदस्य जसन्त श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमका अतिथिहरुले यो युवाको लागि शुरुवात गरेको कन्भेन्सन आफैमा पृथक र चुनौतिपूर्ण रहेको भन्दै यसको निरन्तरता र दिगो विकासको लागि आ-आफ्नो तर्फबाट प्रतिबद्धता गर्नुभएको थियो ।

उहाँहरुले अन्तर्राष्ट्रिय रुपमा नेपालको ऐतिहासिक सामाजिक तथा सांस्कृतिक विकास, मातृभूमिको निर्माण र सम्बृद्धिका सम्भावनाहरु खोजी गर्दै मातृभुमिको संस्कृतिसँग जोड्न र मुलुकको आर्थिक विकास र सम्बृदिका लागि योगदान दिनको निम्ति प्रेरित गर्नुभएको थियो र मातृभुमिले सम्झिने कार्य गर्नकोलागि प्रेरित गर्नुभएको थियो ।

अतिथिहरुमा अमेरिकी राष्ट्रपति बाराक ओबामाका लागि विशेष सल्लाहकार संजिता प्रधान, अवैतनिक बाणिज्यदूत ऋषि ढकाल, म्यारिल्याण्ड राज्यका पूर्व प्रतिनिधि एचबि भण्डारी, आर्टेशिया शहरको मेयर भिक्टर मनालो, युएनए संस्थापक अध्यक्ष पासाङ लामा, एनआरएन एनसीसी क्षेत्रीय उपाध्यक्ष डिल्ली भट्टराई, नेपाली जनसम्पर्क समिति युएसएका उपाध्यक्ष सीपी पौड्याल लगायतले आफ्नो विचार राख्नुभएको थियो ।

अमेरिकी मेयर भिक्टोरले आफ्नो समुदायमा रहेका आप्राबासी नेपालीहरुको हकÞ हित र अधिकारको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Nepali-american-convence-2

कार्यक्रममा सम्पूर्ण वक्ताहरुले अमेरिका भुमिमा रहेर नेपालीपन र राष्ट्रियता गांस्ने र अमेरिकी मुलधारमा जाने प्रक्रिया, नेपाली समुदायका आवश्यकताहरु र भुमिकाबारे आफ्नो धारणा राख्नुभएको थियो ।

उद्घाटन पश्चात कन्भेन्सनको नेपाली फोरम अन्तर्गत नेपालको आर्थिक विकासको अवस्था, सम्भावनाहरु, मुख्य राजनीतिक दल र प्रवासी युवाहरुको भुमिकाको बारेमा अन्तरक्रिया छलफल भएको थियो । जसमा कार्यक्रमका विशेष अतिथि बक्ताहरुले आफ्ना धारणाहरुसहित अनुभव आदानप्रदान गरेका थिए ।

Nepali-american-convence-1  Nepali-american-convence-3