२६ कार्तिक २०८३, बिहिबार

भाजपा वरिष्ठ नेता काठमाडौं आउँदै, हिन्दू राष्ट्रका पक्षमा चासो व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhagat & Bikasकाठमाडौं, १९ असार । भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारी नेपाल आउँदै हुनुहुन्छ ।

नेपाल–भारत सम्बन्ध सुधारको उदेश्यले भाजपा वरिष्ठ नेता सिंह आज काठमाडौं लागेको हिन्दू युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकास ठाकुरले जानकारी दिनुभयो । एकसातादेखि नयाँदिल्लीमा रहनुभएका अध्यक्ष ठाकुरसँगको भेटका क्रममा कोसियारीले नेपाल–भारतको सम्बन्ध सुधारका लागि आफू काठमाडौं जाने लागेको बताउनुभएको हो ।

भाजपा नेता कोसियारी नेपाल–भारतवीचको सम्बन्ध सुधारका लागि गठन भएको बुद्धिजीवीहरूको संस्थाको बैठकमा पनि सहभागी हुने कार्यक्रम छ ।

यसैबीच, अध्यक्ष ठाकुरसँगको भेटका क्रममा भाजपाका वरिष्ठ नेता कोसियारीले नेपालमा बहुसंख्यक हिन्दू रहेको भन्दै हिन्दू राज्य बनाउँदा उपयुक्त हुने सुझाव दिएको ठाकुरले बताउनुभयो । ‘भारतीय जनता पार्टी नेपालमा हिन्दू राष्ट्र स्थापना होस भन्ने चाहन्छ’, अध्यक्ष ठाकुरले भन्नुभयो, ‘त्यसका लागि सहयोग गर्न मैले प्रस्ताव राखेको छु ।’

नेपालमा हिन्दू धर्मको रक्षाका लागि पहल गर्दै आएका युवा नेता ठाकुरले बेला बेलामा हिन्दू धर्मसम्बन्धी विभिन्न कार्यक्रम गर्दै आउनुभएको छ ।