काठमाडौं, १८ असार । राजधानीमा सत्तारुढ दल नेकपा एमालेको बागमती अञ्चल सम्पर्क समन्वय कमिटीका अध्यक्ष श्याम बस्नेत कुटिएका छन् ।
आफूलाई एमाले नेता राजेन्द्र पाण्डेको सालीको छोरो (राजेन्द्रको भाञ्जा)भनेर चिनाउने धादिङका सुवास भट्टराईले शुक्रबार साँझ एमाले धादिङ सम्पर्क मञ्चको बिषयमा कुरा गर्नु छ भन्दै बस्नेतलाई काठमाडौंको अनामनगर चोकमा बोलाएर सांघातिक आक्रमण गरेका हुन् ।
आक्रमणबाट बस्नेतको आँखामा चोट लागेको छ र उपचार भइरहेको छ ।
आक्रमणलगत्तै शुक्रबार बेलुका नै महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको टोलीले भट्टराईलाई पक्राउ गरिसकेको छ । बस्नेतमाथि भट्टराईसहित चार जनाले आक्रमण गरेको खुल्न आएको छ । भट्टराई र धनबहादुर तामाङको पहिचान खुलेको छ भने मुखमा मास्क लगाएका अरु दुई जनाको पहिचान खुल्न सकेको छैन । प्रहरीले अरु तीन आक्रमणकारीको खोजी जारी राखेको बताएको छ ।
आक्रमणमा संलग्नमाथि बस्नेतको परिवारले ज्यान मार्ने उद्योगमा मुद्दा हाल्ने तयारी गरेका छन् । एमाले नेता पाण्डेका भाञ्जा भट्टराई अब ज्यान मुद्दामा फस्ने भएका छन् ।
















प्रतिक्रिया