१ कार्तिक २०८३, आइतबार

कोरियोग्राफरबाट सृष्टिको अनलाईन सपिङ्ग यात्रा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shristi-ghimire

बुटवल । विगत लामो समय देखि विभिन्न म्युजिक भिडियो तथा विभिन्न ईभेन्टहरुमा कोरियोग्राफरको भुमिका निर्वाह गर्दै आएकी सृष्टि घिमिरेले बुटवलमा पहिलो पटक बुटवल सिटी अनलाई सपिङ्ग सेन्टरको सुभारम्भ गरेकी छिन् ।

४ वटा भन्दा बढि म्युजिक भिडियोमा कोरियोग्राफी र सयौं कार्यक्रमहरुको कोरियोग्राफिको भुमिका निर्वाह गर्दै आएकी घिघिरेले एकल लगानीमा बुटवल सिटी अनलाईन सपिङ्ग सेन्टर स्थापना गरेकी हुन । विस ०७० सालबाट कोरियोग्राफिमा हात हालेकी उनले अफुले डिजाईन गरेका र अन्य डिजाईनहरु समेत सपिङ्ग सेन्टरमा राखेकी छिन् ।

अनलाईन मार्फत पनि सामान खरिद गर्न सकिने उनको भनाई रहेको छ । महिलाहरुको लागि चाहिने सबै प्रकृतिको फेसेनेवल र नर्मल सामानहरु राखेकी छिन् । उनले भनिन्- ‘हामी बुटवलको एरियामा होम डेलिभरीको समेत व्यवस्था गरेका छौैं ।’ अधिकांश ग्राहकहरुले अनलाईन मार्फत सामान हेरेर सेन्टरमा नै आएर किन्ने गरेको सञ्चालक घिमिरेको भनाई छ ।

भैरहवा, सुनवल लगायतका स्थानहरुबाट बढि मात्रा अडर आउने गरेको र खासगरी दैनिक जिवनमा व्यस्त समय भएका व्याक्तिहरुको लागि अनलाईन सपिङ्ग उत्तम विकल्प भएको उनको भनाई छ ।