२८ आश्विन २०८३, बुधबार

एमाओवादीमा नयाँ कार्य समिति, भट्टराई समूहद्वारा बहिष्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-baburam

विराटनगर । एमाओवादीले नयाँ कार्यसमिति चयन गरेको छ ।

यस अघि बन्द सत्रले अध्यक्षमा पुष्पकमल दाहाललाई निरन्तरता दिने निर्णय गरेको थियो ।

बिराटनगरमा मंगलबार सम्पन्न दोस्रो महाधिवेशनले ९९ सदस्सीय कार्यसमिति चयन गरेको हो । समितिमा पूर्व उपाध्यक्ष बाबुराम भट्टराई समूहले भने नबस्ने घोषणा गरेको छ ।

बन्द सत्रमा नेता भट्टराईले छोटो मन्तव्यका क्रममा आफू नयाँ कार्यसमितिमा नबस्ने बताएका हुन । उनले आफू चीन जानु छ भन्दै बन्दसत्र स्थलबाट बाहिरिएको एक नेताले जनाए ।

भट्टराईका साथै उनी निकट नेताहरुले पनि नयाँ कार्यसमिति बहिष्कार गरेका छन् । बाबुरामले केन्द्रीय समितिमा नबस्ने घोषणा गरेपछि बाबुराम समूहका नेताहरु टोपबहादुर रायमाझी प्रभु साह, हिसिला यमी, देवेन्द्र पौडेल, वलावती शर्मा, कुमार पौडेल, गंगा श्रेष्ठ, हेमराज भण्डारी, देवी खड्का लगायतका नेताले पनि पदमा नबस्ने घोषणा गरेका छन् । उनीहरुको घोषणा स्वीकृत भएको र नाम हटाएर हलमा प्रस्तुत भएको प्यानल एकतर्फी रुपमा पारित भएको सहभागी एक नेताले जानकारी दिए

नयाँ नेतृत्वमा देखिएको असन्तुष्टिसँगै एमाओवादीभित्रको बिवाद फेरि बल्झने देखिएको छ ।