१ कार्तिक २०८३, आइतबार

गायिका सहिमाको ‘माथि माथि डाँडापाखा’ सार्वजनिक (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sahima Shrestha-1पोखरा । सहिमा, मस्ती र श्रृंगार एल्बम सार्वजनिक गरि पछिल्लो समय श्रोताहरुको अत्याधिक माया पाईरहेकी गायिका सहिमा श्रेष्ठको आगामी एल्बम स्वर्गमा समावेश गीत “माथि माथि डाँडापाखा” सार्वजनिक भएको छ ।

उनले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी हुन । प्रायजसो मायाप्रेमका गीत गाउदै आईरहेकी सहिमाकोे यसपालिको गीतमा भने राष्ट्रप्रेमको भाव उल्लेख छ । सहिमाको स्वर, दिपक शर्माको शब्द, संगीतमा रहेको यस गीतको म्युजिक भिडियोे निर्देशन गम्भिर बिष्टले गरेका हुन् । सहिमाकै अभिनय रहेको गीतमा लप्सीफेदी, भोटेचौर र कुलेखानी वरपरका रमणिय दृश्यलाई क्यामेरामेन शिवराम श्रेष्ठले खिचेका छन् ।

सहिमाको चौथो एल्बम स्वर्गमा ४ गीत समावेश छन् । अन्य गीतलाई तिजलगतै सार्वजनिक गर्नेे योजना रहको उनले वताईन । आफुले बजारमा ल्याएको राष्ट्रप्रेमको भाव बोकेको यस गीत सार्वजनिक गरेको छोटो समयमा नै राम्रो प्रतिक्रिया पाएको भन्दै अन्य गीतजस्तै यस गीतबाट पनि चर्चा बटुल्न सफल हुनेमा उनी आशावादी रहेको जानकारी दिइन ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=q8PsytwVuUE