१ कार्तिक २०८३, आइतबार

चीनमा पहिरोमा परिएका २० जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

#CHINA-GUIZHOU-BIJIE-LANDSLIDE (CN)

बेइजिङ, १८ असार । चीनमा केही दिनको अविरल वर्षापछि शुक्रबार बिहान गएको पहिरोमा परी पुरिएका २० जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान गएको पहिरोमा २० जना पुरिएर रहेको शुक्रबार प्राप्त समाचारमा जनाइएको थियो ।

चीनको दक्षिणपश्चिमी प्रान्त गुइजोमा अविरल वर्षापछिको शुक्रबार बिहानको पहिरोमा परी ३० जना व्यक्ति पुरिएका थिए ।

ती मध्ये सात जनालाई उद्वार गरी हिजो नै निकालिएको थियो । अरु २३ जना पुरिएका थिए । ती मध्ये २० जनाको शव निकालिएको उद्वारकर्मीहरुले शनिबार बिहान जनाएका छन् ।

उनीहरुका अनुसार पुरिएकामध्ये थप तीन जनाको अवस्था अज्ञात रहेको छ । उनीहरुको खोजीका लागि सुरक्षाकर्मीहरुले प्रयास जारी नै राखेका छन् ।

उद्वार गरिएका सात जनालाई अस्पताल भर्ना गरिएको छ । शुक्रबार बिहानैको सो पहिरोमा परी पुरिएकाको खोजी कार्य जारी नै रहेको भन्दै प्रहरीले शनिबार बिहानसम्ममा सो पहिरोको भग्नावशेषबाट २० जनाको शव निकालेको जनाएको छ ।

सो क्षेत्रमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण उद्वारको काम हुन निकै गाह्रो भएको जनाइएको छ ।

गएका केही दिनयतादेखि चीनका केही प्रान्तमा निरन्तर वर्षा भइरहेको र जसका कारण कैयौँको ज्यान गएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा