१ कार्तिक २०८३, आइतबार

थारु युवतीको कथामा ‘झुम्की’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhumki-2काठमाडौं । दाङकी थारु युवतीको कथामा निर्माण भएको ‘झुम्की’ भदौमा रिलिज हुने भएको छ । ‘झुम्की’लाई भदौको ९ गते रिलिज गर्ने तयारी भएको निर्माण पक्षले जनाएको छ ।

प्राविधिक कार्यमा रहेको ‘झुम्की’लाई अपील विष्टले निर्देशन गरेका हुन् । फिल्ममा ‘झुम्की’को मूल पात्रमा मलिना जोशी छिन् । प्रहरी र थारु युवतीको प्रेमलाई फिल्ममा उतार्न खोजिएको छ ।

रामबाबु गुरुङले फिल्मको कथा लेखेका हुन् । फिल्ममा दयाहाङ राई, मलिना जोशी, रिश्मा गुरुङ, मनोज आरसी र प्रमोद अग्रहरीको अभिनय छ ।