१ कार्तिक २०८३, शनिबार

आईसीसीले निलम्बन गरेकै दिन भावनाद्धारा क्यान छाड्ने घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhawana_Ghimire-1
काठमाडौं, १७ असार । नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेले पदबाट अलग हुने घोषणा गरेकी छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले आज विहान मात्रै नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गर्ने औपचारिक निर्णय सुनाएकै दिन शुक्रबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत क्रिकेट संघको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी गराएकी छिन् ।

‘करोडौँ नेपालीहरुको सपनासँग जोडिएको क्रिकेट यसरी लामो समय बन्दी बनाउनु दुर्भाग्यपुर्ण छ । सबै स्टेकहोल्डरहरु एकजुटभइ निकास निकाल्न अपिल गर्दछु,’ उनले ट्वीट गरेकी छिन् ।

अर्को ट्वीटमा उनले लेखेकी छिन्, ‘हालको स्थितिमा क्रिकेट संघमा रहँदा भन्दा क्रिकेट संघ बाहिर बसेर नै नेपाली क्रिकेटलाई वढि योगदान गर्न सक्छु भन्ने मेरो ठहर हो ।’

यस्तो छ भावनाको ट्वीट:

Bhawana-tweet