१ कार्तिक २०८३, आइतबार

अमेरिकामा नायिका नन्दिता केसी व्यस्ता बढ्यो

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nandita-kc– विजय थापा

वाशिंगटन डिसी । नेपाली चलचित्र क्षेत्रकी नायिका नन्दिता केसी हाल अमेरिका बिशेष कार्यक्रममा सहभागी हुन् अमेरिका आई पुगेको छिन ।

अमेरिका केहि दिन अगाडी आई पुगेकी अभिनेत्री केसी अमेरिकाका बिभिन्न शहरमा बिदेशी तथा नेपाली समुदायका संघ तथा संगठनका बिभिन्न कार्यक्रममा सहभागी हुने भएको छिन् ।

नायिका केसीको यस पटक समेत लगाएर अमेरिकाको दोश्रो भ्रमण हो । यसपटक उनी पहिलो पटक जस्तै केवल आफ्नो प्रस्तुति मात्र गर्ने उदेश्यले अमेरिका टेकेकी हैनन् । अमेरिकाको उनको पहिलो भ्रमणमा बिदेशी तथा नेपाली समुदायले उन्को प्रस्तुतिलाई निकै मन पराएका थिए । बिदेशी तथा नेपाली समुदायले गरेको हौशला ,माया तथा उत्प्रेरणाबाट निकै उत्साहित भएकी नायिका केसी यसपटक फरक जिम्मेबारी लिएर अमेरिका आएकी बताइन ।

कलाकार केसीले सांगीतिक प्रस्तुति मात्रमा सिमित नभई बिभिन्न कार्यक्रममा निर्णायक, मुख्य अतिथि,अतिथि तथा अतिथि कलाकार हुन् मौका मिलेकोमा खुशी ब्यक्त गरेकी छिन् ।

अमेरिकी स्वतन्त्रता दिवस जुलाई ४ को सप्ताहान्तमा हुन् गइ रहेको एटलान्टा एएनए सम्मेलनमा हुने प्रतिभा प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएको छिन ।

जुलाई १ देखि ४ सम्म संचालन हुने एएनए सम्मेलनमा सांस्कृतिक कार्यक्रम, भेषभुषा प्रदर्शनी तथा समग्र कार्यक्रममा अतिथि कलाकारको रुपमा सहभागी समेत हुने भएको बताईन ।

नायिक नन्दितालाई जुलाई महिना भर भ्याई नभ्याई भएको छ । आगामी क्यालिफोर्नियाको सन् फ्रान्सिस्कोमा हुन् गइ रहेको वर्ल्ड फिल्म फेस्टिबलमा बिशेष अतिथि तथा अतिथि कलाकार समेत भै प्रस्तुति गर्ने अवसर पाएकोमा उत्साहित भएकी छिन् । वर्ल्ड फिल्म फेस्टिबल आगामी जुलाई २२ देखि ३० सम्म चल्ने छ ।

यसै गरिआगमी जुलाई ३० मा डिसी क्षेत्रमा हुने समर म्युजिकल साँझ नामक कार्यक्रममा समेत बिशेष प्रस्तुति तथा अतिथि कलाकारको रुपमा उनको प्रस्तुति रहने छ ।

कलाकार भएको नाताले चलचित्र सम्बन्धि कुराकानी गर्ने क्रम नायिका नन्दिताले भनिन अमेरिका लगायत विदेशमा पनि नेपाली चलचित्रलाई मन पराउन थाल्नु भएकोमा खुसी लागेको बताइन । र अमेरिकामा पनि नेपाली चलचित्रको राम्रो अवस्था आफुले देखेको बताईन ।

कतिको ब्यस्त हुनु हुन्छ भन्ने क्रममा उनले भनिन बिभिन्न शहरहरुमा नेपाली समुदायका कार्यक्रममा बिशेष अतिथि तथा अतिथि कलाकारको बारेमा कुराकानी चलि रहेको बताइन् ।

उनलाई भूकम्पमा कस्तो भूमिका रहेको थियो भन्ने सवालमा अमेरिका आउनु अगाडी काभ्रे जिल्लाको एक बिद्यालयलाई पुनर्निर्माण गरि हस्तान्तरण गरेको बताईन । भूकम्पमा ठुला ठुला भवन बनाउन नसकेता पनि केहि गर्न सकेकोमा हर्ष व्यक्त गरिन ।

उक्त पाठशालाका बिद्यार्थीले कलाकारलाई पर्दामा मात्र देख्ने गरेको तर कलाकारलाई प्रतक्ष्य देख्न पाउदा कलाकारहरु भगवान रहेछन भनि मुक्त कण्ठले प्रशंसा गर्दा निकै गर्व लागेको बताईन ।