काठमाडौं, १७ असार । युरोकप फुटबलमा पोल्याण्डलाई हराउँदै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार विहान भएको पहिलो क्वाटरफाइनल खेलमा पोर्चुगलले ट्राइब्रेकरमा ५-३ गोल अन्तरले पोल्याण्डलाई पराजित गर्यो ।
यो सँगै पोर्चुगल चौथो पटक युरोकपको सेमिफाइनलमा पुगेको छ ।
खेलमा रोर्बट लेवानडोस्कीको गोलबाट पोल्याडले अग्रता लिएको थियो । लेवानडोस्कीकोले दुई मिनेटमै गोल गरे ।
तर, खेलको ३३ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए । आजको खेलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले अवसर धेरै पाएपनि गोल गर्न सकेनन् ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त ३० मिनेट थपिएको थियो । यो समयमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
पोनाल्टीमा पोर्चुगलले ५–३ गोल अन्तरले पोल्याण्डलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्यो । पोर्चुगलका रेनिटो सान्चेस नै म्यान अफ द म्याच भए । सेमिफाइनलमा पोर्चुगलले बेल्वियम र वेल्सको खेलको विजेतासँग खेल्ने छ ।
















प्रतिक्रिया