१ कार्तिक २०८३, आइतबार

गीतकार गोबिन्द र अन्जु फेरि सँगैसँगै, आउनेभयो सत्यता–३

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Govinda-anju

काठमाडौं । वर्तमान नेपाली संगीतको क्षेत्रमा आधुनिक र गजल संगीतमा निकै चर्चित र मर्मस्पर्शी शब्द कोर्ने गीतकारको रुपमा चिनिन्छन गीतकार गोबिन्द प्रसाद उपाध्याय ।

हालसम्म आफैले सत्यता र सत्यता –२ एल्बम बजारमा ल्याईसकेका र छोटो समयमा नेपाली सांगीतिक फाटमा शीर्ष स्थान ओगट्न सफल गीतकार उपाध्यायले सत्यता–३ को रेकर्डिङ कार्य अगाडि बढाएका छन् ।

कस्तो बन्दैछ र कस्ता शब्द छनौट गर्नुभएको छ भन्ने हाम्रो प्रश्नमा उपाध्याय भन्छन्– मैले आधुनिक नेपाली संगीतले के मागिरहेको छ । श्रोता र दर्शकको चाहना कस्तो छ त्यो बुझेर नै शब्दहरु कोरेको छु । म बास्तबिक जिवनसंग मेल खाने र यथार्तता बोकेका शब्दहरु लेख्न रुचाउने भएकोले मेरा शब्दले नेपाली सांगीतिक समाज र ब्यक्तिगत जीवनलाई सन्देश र नौलोपन पैदा गरोस भन्ने चाहन्छु ।

सत्यता–३ मा मैले गजलहरुलाई प्राथमिकतामा राखेको बताउँदै उनले यसमा भिन्न भिन्न ख्याति प्राप्त संगीतकारहरुले सहकार्य गर्ने जानकारी दिए ।

नेपालकी चर्चित गायिका अन्जु पन्त फेरि सत्यता–३ मा स्वर दिएकी छिन् ।  सत्यता–३ मा पनि गीतकार उपाध्यायले गायिका पन्तलाई समेटेका हुन् । यससँगै अब गीतकार गोविन्द र अञ्जुको सांगीतिक सहकार्यको ‘हयाट्रिक’ हुने भएको छ ।

अञ्जुले सत्यता–एकमा ‘कथा जिन्दगीको’ बोलको गीत गाएकी थिइन भने ‘सत्यता–२’मा मनोज राजसँगको युगल गीत ‘कस्तो माया लाइयो हजूर’ गाएकी थिइन् । दुबै गीत अत्यधिक मात्रामा रुचाईेको थियो। ‘सत्यता–३’मा भने उनी गजलको ‘मेहफील’ जमाउँदै गाउनेछिन–

‘मेहफीलमा बसाई सरे होलान्
तिम्रा यादहरु’

सत्यता–३ को पहिलो गीतमा संगीत पत्रकार कुशुम भट्टराईको छ भने संगीत संयोजन युवा तथा आधुनिक संगीतका जल्दा बल्दा अरेन्जर साहश शाक्यले गरेका छन् । साहस शाक्य र गीतकार उपाध्यायको यो दोस्रो सहकार्य हो । सत्यता – २ मा ‘म शराबी’ बोलको गजल पनी शाहसकै संगीत संयोजन रहेको थियो । साहसजीको कार्यशैली उच्चस्तरको भएकोले पुनः सत्यता –३ मा सहकार्य गरिएको उपाध्यायले बताए ।

govina-album

असारको झरीमा नक्सालको अक्योस्टिक स्टुडियोमा सत्यता–३ को गीत रेकर्ड भइरहँदा अञ्जु आफ्नो उही हँसिलो र रसिलो मिजासमा प्रस्तुत भएकी थिइन् । करिब तिन घन्टासम्म गजलका विभिन्न बान्कीहरु प्रस्तुत गरेपछि उनले धेरै पछि आफूले एउटा उत्कृष्ट गजल गाउने मौका पाएको बताइन् ।

अञ्जुले भनिन्– गीतकार उपाध्याय आधुनिक नेपाली संगीतको अब्बल दर्जाको शब्द कोर्ने सर्जक हुनुहुन्छ । उहाँको शब्दमा गाउँदा मलाई छुट्टै आनन्द आउछ र श्रोताले हाम्रो सहकार्यलाई अत्यधिक रुचाउनु भएको पनि छ, आशा छ यो गजल लाई पनि उति नै माया दिनुहुनेछ ।

‘सत्यता’ र सत्यता –२ नेपालको सांगीतिक प्रेमीहरुबीच अत्याधिक मन पराईएका एल्बमहरु हुन् । गीतकार गोबिन्दका यसअघिका दुई एल्बमहरुले विभिन्न एफएम र टेलिभिजनका म्युजिक अवार्डहरुमा उत्कृष्ट गीतकारको पुरस्कार पाइसकेका छन् ।