हेटौँडा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मकवानपुर जिल्लाको अध्यक्षमा दोस्रो कार्यकालका लागि राजनबहादुर बोगटी निर्विरोध चयन भएका छन् ।
हेटौँडामा बुधबार सम्पन्न छैटौँ जिल्ला अधिवेशनले बोगटीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा अमर लामा चयन भएका छन् । छैटौँ अधिवेशनले २३ सदस्यीय नयाँ कार्यसमितिमा समेत चयन गरेको छ ।
अध्यक्षमा निर्विरोध भएका अध्यक्ष बोगटीले प्रतिष्ठानको दोस्रो कार्यदलको जिम्मेवारी आफूले इमान्दारिताका बहन गर्ने प्रतिक्रिया दिएका छन् ।
‘मेरो पहिलो कार्यकाल सफल भएकाले साथीहरूले पुनः जिम्मेवारी दिनुभएको छ’, अध्यक्ष बोगटीले भने, ‘दोस्रो कार्यकाल पनि सबै कलाकार साथीहरूको सहयोग, साथ समर्थन लिएर काम गर्नेछु ।’
लोक तथा दोहोरी गीतको संरक्षण सम्वद्र्धन र कलाकारहरूको हकहितका लागि स्थापना भएको प्रतिष्ठानले विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।















प्रतिक्रिया