वाशिंगटन डिसी । आगामी जुलाई १ देखि ४ सम्म एटलान्टामा एएनए (दि एसोसीएसन् अफ नेपलिज इन अमेरिका)को सम्मेलन हुन लागेको सम्मेलनको सम्पूर्ण तयारी भएको छ ।
अमेरिकी स्वतन्त्रता दिवस जुलाई ४ को सप्ताहान्तमा हुन् गइ रहेको एएनए सम्मेलनका बारेमा अमेरिकामा लामो समयदेखि बस्दै आएका बिभिन्न बुद्धिजीवी वर्गसंग राखिएको सवालमा अमेरिकाका सम्पूर्ण नेपाली समुदायलाई नयाँ संदेश दिनुको साथै आ–आफ्ना धारणा राखेका छन् ।
प्रा डा अम्बिकाप्रसाद अधिकारीले भने, ‘ एएनए अमेरिकाको पुरानो तथा प्रतिष्ठित संस्था हो । बिगतमा धेरै काम गरेको इतिहास छ । अमेरीका नेपाली समुदायको पनि जन घनत्व ज्यादा भएकोले संघ तथा संस्थाको ज्यादै छ । पहिला एएनए मात्र थियो । सहभागितामा पहिलेको जस्तो सम्भव न हुन् पनि सक्छ तर यो सम्मेलन बिशेष महत्वको हुनेछ ।’
संस्थालाई माया गर्ने सबै नेपालीलाई आउन आग्रह गर्दै भेटघाट ,पुनर्मिलन, परिचय जस्तो अवसर पाईने हुन्छ भन्दै सबै मिलेर यसलाई अझ मजबुत बनाउनु पर्छ आफु पनि जाने भएता पनि शुभकामना अग्रिममा दिन चाहेको उनले बताए ।
टेक्सासमा लामो समयदेखि बसोबास गर्दै आएका ब्यबसायी तथा बुद्धिजीवि अन्जन श्रेष्ठ भन्छन, आफूले सम्मेलनमा जाने निधो गरेकोले आफ्ना साथी भाई, शुभ चिन्तक ,नेपाली समुदाय तथा बिसिष्ट व्यक्तिहरु संग पनि भेटघाट हुन् पाइने भएकोमा गदगद छन् ।
श्रेष्ठ भने, ‘संस्था गरिमा मय छ िसंस्थामा थुप्रै बुद्धिजीवीहरु छन िबिगतमा थुप्रै महत्वाकाक्षी काम गरेको छ भन्दै जुलाई १ देखि ४ सम्म हुने सम्मेलनमा सबैलाई सहभागी हुन् अनुरोध गर्दछु ।’
एटलान्टामा बसोबास गर्ने बुद्धिजीवी तथा समाज सेवी राजा घले आफ्नो ठाउँमा सम्मेलन हुने भएकोमा निकै हर्षित् भएका छन् । नेपाल लगायत अमेरिकाका बिभिन्न राज्यहरुबाट समेत सहभागी आउने भएकोले पुनर्मिलन, भेटघाट, चिनजान, एक आपसमा भातृत्व तथा भाईचारा जस्ता सम्बन्ध स्थापित समेत हुने भएकोले आफू पूर्ण तयारी रहेको बताए ।
















प्रतिक्रिया