१ कार्तिक २०८३, आइतबार

नेपाल र बङ्गलादेशबीच पहिलोपटक प्राज्ञिक सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bangladesh-Nepal-flag-400x250

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र बङ्गलादेशको बङ्गला एकेडेमीबीच पहिलोपटक औपचारिक रुपमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र बङ्गला एकेडेमीका महानिर्देशक समसुजमन खानले आज ढाकामा आयोजित समारोहमा प्राज्ञिक आदानप्रदानको सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतापत्रमा भाषा, साहित्य, संस्कृति, इतिहास र दर्शनको खोजअनुसन्धान, अनुवादजस्ता प्राज्ञिक कार्य गर्ने विषय समेटिएका छन् । बङ्गलादेश सरकारको संस्कृति मन्त्रालय तथा बङ्गला एकेडेमीको निमन्त्रणामा सम्झौताका लागि प्रतिष्ठानका कुलपति उपे्रतीको नेतृत्वमा प्राज्ञसभा सदस्य वियोगी बुढाथोकी र जगत उपाध्याय सम्मिलित टोली मङ्गलबार ढाका प्रस्थान गरेको प्रतिष्ठानले जनाएको छ । रासस