३१ आश्विन २०८३, शनिबार

सेनाका रथी र कर्णेलको पैसा मिटर व्याजमा लैजाने ‘ठूलो माछा’ पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanish Mishra Thagकाठमाडौं, १५ असार । नेपाल प्रहरीका हाकिमहरुको पैसा मिटरब्याजमा चलाउने वीरेन्द्रलाल श्रेष्ठ कुनै नौलो नाम होइन । उनीसँग बहालवाला डिआइजी समेत कारोबार गरी फसिसकेका छन् ।

वीरेन्द्रलाल श्रेष्ठको भन्दा फरक शैलीमा नेपाल सेनाका उच्च अधिकारी, डाक्टर, एजुकेसन कन्सलटेन्सीका संचालक, एनजिओका बिभिन्न ब्यक्तिलाई आकर्षक ब्याजको प्रलोभन देखाइ झन्डै ८० करोड ठगेको अभियोगमा ओमकार ग्रुप अफ कम्पनीका संचालक सनिश मिश्रलाई महानगरीय प्रहरी परिसर टेकुले पक्राउ गरी अनुसन्धान थालेको छ ।

५० भन्दा बढीको उजुरी आएपछि मिश्रलाई मंगलबार परिसरले पक्राउ गरेको हो । नयाँ मिटरब्याज धन्दावालाको रुपमा देखापरेका मिश्रले बिनाधितो तथा धितोमा सर्वसुलभ ऋण लगानी गर्ने भन्दै ठग्न सफल भएको एक पीडितले बताए ।

एक लाखको दैनिक एक हजारका दरले मासिक ३० हजार अर्थात् ३६० प्रतिशत ब्याजमा सहजै पैसा लिने र घरजग्गा बिक्रीको बैनाबापत कागज गराएर उनले धेरैलाई घर न घाटको बनाएका हुन । ओमकारको नाममा २० वटा कम्पनीहरु संचालनमा रहेको पाइएको प्रहरीले जनाएको छ ।

हाइड्रो पावर, एजुकेशनदेखि रिएल स्टेटसम्म लगानी गर्ने नाममा उनले उक्त रकम उठाउन सफल भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नेपाली सेनाका अबकाशप्राप्त रथी नेपाल भुषण चन्दको ८० लाख र सेनाकै केही बहालवाला कर्णेलको २ करोड रकम बढी ब्याज दिने बहानामा उनले ठग्न सफल भएका छन ।