१ कार्तिक २०८३, आइतबार

टर्कीको एयरपोर्टमा भएको आत्मघाती हमलाबाट मुश्किलले बाँचे ऋतिक रोशन

16.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

HRITHIK_roshan

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन टर्कीको इस्तान्बुल अन्तर्राष्ट्रिय विमानस्थलमा आज विहान भएको आतंककारी हमलामा मुश्किलले बाँचेका छन् ।

यो जानकारी स्वयं उनले आफ्नो ट्वीटरमार्फत गराएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार हमला भएको केहि समय अघिसम्म ऋतिक त्यहि एयरपोर्टमा थिए, जब उनी एयरपोर्टबाट बाहिरिए त्यहीबेला हमला भयो ।

आज विहान भएको हमलामा ३६ जनाको मृत्यु भएको थियो भने १५० जना भन्दा बढी घाइते छन् ।

‘ईस्तान्बुल एयरपोर्टमा जुन समयमा तीन आत्मघाती हमला भयो त्यसको केहि समय पहिले म त्यसै एयरपोर्टमा थिए’ छुट्टि मनाउन छोराहरुका साथमा टर्कीमा रहेका ऋतिकले ट्वीटरमा भनेका छन्- ‘यस्तो ठूलो हमलाबाट मुश्किलले बाँचे । तर, धेरैले ज्यान गुमाउँदा दुःख लागेको छ ।’

ऋतिकका अनुसार उनी इस्तान्बुलबाट भारत फर्कनको लागि एयरपोर्ट पुगेका थिए तर, कारणवश उनको उनको फ्लाइट छुट्यो । अहिले उनी त्यहि एयरपोर्टमा फसेका छन्, उनको अर्काे फ्लाईट भोलिको लागि तय भएको छ ।

ट्वीटरमा ऋतिकले धर्मका नाममा भएको आत्मघाती हमलाको निन्दा गर्दै आतंककारीको बिरुद्धमा एकजुट हुनुपर्ने उल्लेख गरेका छन् ।  ऋतिक आफ्ना छोरा रोहन र रिधनको साथमा स्पेन र अफ्रिकामा छुट्टि मनाउन गएका थिए ।

साथै उनी छुट्टी मनाईसकेर टर्कीको इस्तान्बुल विमानस्थलबाट भारत फर्कनका लागि त्यहाँ पुगेका थिए ।