मुम्बई । बलिउडमा सबैभन्दा व्यस्त अभिनेता बनेका छन्, अक्षय कुमार । त्यसैले पनि होला, प्रत्येक साताजसो उनले नयाा फिल्ममा सम्झौता गरेको समाचार आइरहेका छन् ।
अझ रोचक त के भने उनले प्रत्येक फिल्ममा आफ्नो पारिश्रमिक बढाउँदै आएका छन् । केही दिनयता यस्तै अर्को खबर आएको छ ।
अक्षयले फेरि नयाँ फिल्ममा सम्झौता गरेको खबरले अहिले बलिउडमा सनसनी मच्चाएको छ । यो नयाँ फिल्मबारे अरू कुरा बाहिर आएको छैन, तर फिल्म दीव्याकुमार खोसलाले निर्देशन गर्ने पुष्टि भइसकेको छ ।
यो फिल्मका लागि अक्षयले ५६ करोड भारतीय रुपैयाा पारिश्रमिक लिएको पनि खुलासा भएको छ । यसअघि अक्षयले फिल्म ‘एलएलबी–२’ का लागि ४२ करोड लिएर सम्झौता गरेका थिए । – एजेन्सी















प्रतिक्रिया