१ कार्तिक २०८३, शनिबार

नेपलीज अमेरिकन सम्मेलनको तयारी पूरा, सबै कोठा बिक्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

la 4– विजय थापा

वाशिंगटन डिसी । युवाहरु जागे भए हरेक कुरा सम्भव हुन्छ । यी कुरालाई प्रमाणित गर्दै यिनै युवाहरुको अथक प्रयासले आगामी जुलाई २ देखि ४ सम्म हुन् गइ रहेको लस एन्जेलसमा हुने प्रथम नेपलीज अमेरिकन कन्भेन्सन (सम्मेलन)को तयारी पूरा भएको जानकारी आयोजकले दिएका छन् ।

उक्त सम्मेलनका सांस्कृतिक कार्यक्रम संयोजक प्याट्रिक सुबेदी लस एञ्जेल्स बाट सम्मेलनको बन्दोबस्त पूरा भएको जानकारी दिदै बास बस्ने होटल (पाहुना घर) का सबै कोठाहरु बिक्री भै सकेको बताए ।

यसै गरि नेपालबाट नायिका तथा कार्यक्रम प्रस्तोता प्रियंका कार्की पनि बुधबार लस एञ्जलस आई पुग्ने भएकी छिन् ।

युवाहरुलाई उत्प्रेरणा गर्न नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्मा, नेपाल प्रहरी वरिष्ट प्रहरी उपरीक्षक सर्बेन्द्र खनाल, संजिता प्रधान तथा अर्थ शास्त्री स्वर्णिम वाग्ले पनि सहभागी हुने भएका छन् ।

प्रथम नेपलीज अमेरिकन सम्मेलनमा संगीत क्षेत्रका ख्याती प्राप्त स्थानीय तथा राष्ट्रिय कलाकारहरु डिक्की, हेमन्त राना, फिरोज स्याङ्गदेन, राजेन्द्र कर्ण, प्रज्वल बज्राचार्य, बिपुल छेत्री, दिवस गुरुङ तथा निकी कार्कीले आ–आफ्ना प्रस्तुति गर्ने भएका छन ।

यसको साथै नेपलीज अमेरिकन सम्मेलनमा बालबालिका प्रतिभा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, खेलकुद, मनोरंजन, बिबिध मंच, गोष्ठी, व्यापार प्रदर्शन समेत रहनेछ ।